पद्मोदय मोडमा कार र स्कूटर ठोक्कियो, एकजना घाइते
१२ जेष्ठ २०८२, सोमबार ०७:५८

काठमाडौं । सोमबार पुतलीसडकस्थित पद्मोदय मोडमा कार र स्कूटर ठोक्किँदा स्कूटरको पछाडि सवार महिला घाइते भएकी छिन्।
सोमबार बिहानै करीब ७ बजेर ४० मिनेटको समयमा बागबजारबाट माइतीघरतर्फ गइरहेको प्रदेश ३–०२ ००२ प २३६२ नम्बरको स्कुटर विपरीत दिशाबाट आइरहेको प्र. १–०२–००२च ६७३९ नम्बरको कारसँग ठोक्किएको हो।
दुर्घटनामा परेर स्कूटरको पछाडी सवार महिलाको टाउकोमा सामान्य चोट लागेको छ। उनलाई ट्राफिक प्रहरीको सहकार्यमा उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ।














