ग्रे लिस्टबाट बाहिर ल्याएर लगानीयोग्य वातावरण बनाउँछौं: अर्थमन्त्री पौडेल

१५ जेष्ठ २०८२, बिहीबार १५:२६

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशलाई अन्तर्राष्ट्रियस्तरको विश्वास दिलाउने गरी सरकार अघि बढ्ने दाबी गरेका छन् । उनले मुलुकलाई चाँडै नै ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरे ।

बजेट प्रस्तुत गर्दै उनले भने, ‘निजी क्षेत्रको लगानी वृद्धिका लागि सरकार सकृय भूमिका खेल्नेछ । लगानीयोग्य वातावरण बनाइनेछ ।’ निजी क्षेत्रलाई समृद्धिको साझेदारको रूपमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

उनले स्रोतहरूको विधिकरण गर्दै राजस्व प्रणालीलाई थप व्यवस्थित बनाउने घोषणा पनि गरे । ‘राजस्व संकलनमा पारदर्शिता र संरचना दुवै मजबुत बनाइन्छ’ उनले स्पष्ट पारे ।

बेरोजगार युवाहरूका लागि लक्षित कार्यक्रम अगाडि ल्याउने सरकारको योजना रहेको जानकारी दिंदै उनले भने, ‘युवा लक्षित कार्यक्रममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारको प्राथमिकता हुनेछ ।’

अर्थमन्त्री पौडेलले मुलुकमा देखिएको आर्थिक निराशालाई चिर्दै नयाँ बजेटले जनताको विश्वास जित्ने प्रयास गर्ने बताए । ‘अर्थतन्त्रको विस्तारका लागि बजेट केन्द्रित हुनेछ’ उनले भने, ‘यसले मुलुकलाई आर्थिकरूपमा सकारात्मक दिशामा डो-याउनेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*