के आई सिँहको वार्षिक आम्दानी २६ लाख, खाना–खाजा र सभा सञ्चालनमै ३७ लाख स्वाहा

काठमाडौं । डोटी जिल्लाको के आई सिँह गाउँपालिकाले खाना, खाजा र सभा सञ्चालनमा वर्षदिनमै ३७ लाखबढी रुपैयाँ खर्चिएको छ । आर्थिक अनुशासन र मितव्ययिता अपनाउनु पर्ने स्थानीय सरकारले खाना–खाजा र सभा सञ्चालनमै आन्तरिक आयस्रोतको ठूलो रकम खर्च गरेको पाइएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदन अनुसार के आई सिँह गाउँपालिकाले खाना, खाजा र सभा सञ्चालन लगायत विविध शीर्षकमा ३७ लाख २५ हजार रुपैयाँ खर्चिएको छ । के आइ सिँह गाउँपालिकाले गत आर्थिक वर्ष २०८०–०८१ मा २६ लाख ७३ हजार रुपैयाँ मात्र आन्तरिक आय गरेको विवरणमा उल्लेख छ । गाउँपालिकाको खाना–खाजा र सभा सञ्चालनको खर्च मात्रै आन्तरिक आयको १३९ प्रतिशत हुन गएको छ ।
महालेखा परिक्षकको प्रतिवेदनले गाउँपालिकालाई विविध खर्चलाई आन्तरिक आयको आकारसँग तादाम्यता कायम गरी खर्चको औँचित्यसमेत पुष्टि हुनेगरी निश्चित वस्तुगत मापदण्ड बनाई आर्थिक मितव्ययिता कायम गर्न सुझाव दिएको छ । भौगोलिक संरचनाले ७ वटा वडा कार्यालय रहेको के आई सिँह गाउँपालिकाले आन्तरिक आयका स्रोत जुटाउन असफल रहेको विवरणले देखाएको छ ।
के आई सिँह गाउँपालिको अध्यक्षमा हाल लोकेन्द्र बहादुर शाही र उपाध्यक्षमा मिना देवि बिष्टले रहेकी छिन् । अध्यक्ष शाही र उपाध्यक्ष विष्टलाई गाउँपालिकाले नेतृत्व गरेको करिव ८ वर्षको हाराहारीमा पुगिसकेको छ ।
विकास भन्दा बढी खाना मा लगानी रैछ पालिका को कहीले बन्छ त के आई सिंह
धेरै केही भन्दिन। सानो कुरा भन्छु। खाना खाजा मा 37लाख समान हो गाउँपालिका पो होट वाएल बजारको गाउँपालिका सम्म जोडीएको पसल ले 37लाख मा 25लाख जति भएनी पयो। उसले रोज गार पयो। अनि अर्को कुरा 2। 4जनाले खाना पयो। अनि गाउँपालिका पोट घरमा खाँदा पैशा सिध्नेने घर को साटो office ma खाएर जानु पर्यो स्यालुट xa