यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१२ कार्तिक २०८३, बिहीबार १५:०८

काठमाडौं । आज नेप्से ३१.५४ अंकले बढेसँगै १८१ सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ। जसमध्ये बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्यमा सर्किट लागेको छ।

त्यसैगरी सोपान फर्मास्युटिकल्स लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, कालिञ्चोक हाइड्रोपावर लिमिटेड, याम्बालिङ हाइड्रोपावर लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*