अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ माथि, अन्य विदेशी मुद्राको दर कति ?

१३ कार्तिक २०८३, शुक्रबार ०७:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ १२ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ७२ पैसा कायम भएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलरको मूल्य भने खरिदमा १०८ रुपैयाँ ६९ पैसा र बिक्रीमा १०९ रुपैयाँ १२ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिद मूल्य २०२ रुपैयाँ ५२ पैसा र बिक्री मूल्य २०३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्नेछन्। अद्यावधिक विनिमय दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*