एलआईसी नेपालको नयाँ शाखा झापाको बुधबारेमा, सीईओ प्रणय कुमारले गरे उद्घाटन

१२ कार्तिक २०८३, बिहीबार १६:४४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले कोशी प्रदेशको झापा जिल्लास्थित बुधबारेमा ७७ औं शाखा संचालनमा ल्याएको छ । कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले उक्त स्थानमा उपशाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त उपशाखा कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख स्वर्णलाल कर्ण, शाखा प्रमुख उमेश सिटौला, बिर्तामोड शाखा प्रमुख ज्योति कु. पौडेल लगायत अन्यको समेत उपस्थिति रहेको थियो ।

बुधवारेको उक्त उपशाखा सहित कम्पनीको शाखा कार्यालय र उपशाखा गरी कूल ७७ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ५ वटा नयाँ उपशाखा स्थापना गरी संचालनमा ल्याउने जनाएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु विस्तार गर्दै लैजाने कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २० वटा बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले यस नयाँशाखा सञ्चालनबाट ग्राहकहरुमा सहज बीमा सुविधा उपलब्ध हुनका साथै स्थानीय व्यक्ति, व्यवसाय र समाजलाई सम्भावित आर्थिक जोखिमबाट सुरक्षा प्रदान गर्दै आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*