बीमा प्राधिकरणको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक, कुन–कुन बिषय समावेश भए ? (पूर्णपाठसहित)

२४ असार २०८२, मंगलवार १६:०८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्राधिकरणले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्राधिकरणले बीमा सेवालाई विश्वसनीय, पारदर्शी, सर्वसुलभ र गुणस्तरीय बनाउँदै बीमितको हकहित संरक्षण गर्ने, बीमा क्षेत्रको पहुँच बढाउनका लागि बीमा सचेतना अभिवृद्धि तथा बीमा प्रवर्द्धनात्मक कार्य गर्ने, प्राधिकरणको कानूनी संरचना र बीमा सम्बन्धी विवाद तथा उजुरी निरूपणको प्रक्रियालाई प्रभावकारी बनाउने लगायतका नीति ल्याएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुशरण गर्दै प्राधिकरणको नियामकीय क्षमता अभिवृद्धि गर्ने र नयामकीय आन्तरिक संरचनालाई सुदृढ बनाउने, अनुसन्धानमा आधारित नीति निर्माण, बीमालेख विकास तथा गुणस्तरीय सेवा प्रवाह गर्ने र गराउने, बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने, जोखिममा आधारित निरीक्षण प्रणालीको अवलम्बन गर्दै बीमकको नियमन, सुपरिवेक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउने नीचि समावेश गरेको छ ।

आगामी आवमा सूचना केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम, बीमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न बीमा सूचना स्थापना गर्ने सन्दर्भ जोडिएको छ। त्यस्तै, देशभरीका विद्यार्थीहरुको एक लाख रुपियाँसम्मको दुर्घटना बीमा गर्ने नीतिमा पनि यसमा समावेश गरिएको छ । प्राधिकरणले आन्तरिक स्रोत र स्थानीय तहको सहयोगमा विद्यार्थीहरुको दुर्घटना बीमा गर्ने नीति समेत ल्याएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*