दुर्गा प्रसाईं नेतृत्वसँग गृहमन्त्रीको वार्ता, मंसिर ७ गतेको आन्दोलनबारे छलफल

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि गर्ने आन्दोलनको विषयमा गृहमन्त्री ओम प्रकाश अर्यालले छलफल गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा अर्यालको उपस्थितिमा महाअभियानसँग करिब साढे १ घण्टा वार्ता गरेका हुन् ।
वार्तामा गृह सचिव रामेश्वर दंगाल, गृह प्रवक्ता आनन्द काफ्ले, महाअभियानका केन्द्रीय प्रवक्ता माघव कल्पित, संगठन विभाग प्रमुख प्रेम थापा मगर, ऋणि एसोसिएसन प्रमुख देबी सङ्रौला, संगठन विभाग सचिव प्रेमदिप लिम्बु, सचिवालय सदस्य मकुल मिया, सचिवालय सदस्य तिजेन्द्र रायमाझी लगायत १०–११ जना सहभागी थिए।
वार्तामा आगामी आन्दोलनका कार्यक्रम, सरकारसँगको संवाद र सम्भावित समाधानका उपायबारे छलफल भएको बताइएको छ।











