बीमालाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टको भूमिका अहम्ः पेशागत बीमा अभिकर्ता संघ

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमापोष्टको छैठौं वार्षिकोत्सवमा शुभकामना दिंदै बीमा बजारलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमापोष्टले सराहनीय भूमिका खेलेको बताएको छ। संघका अध्यक्ष ओम बहादुर खत्रीले शुभकामना मन्तव्य दिंदै नेपाल तथा नेपाल बाहिर बीमा तथा वित्तीय बजारलाई सकारात्मक सन्देश दिन सफल रहँदै आम नागरिकहरूलाई बीमा तथा आर्थिक क्षेत्रको सन्देश दिन अझै अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
पेशागत बीमा अभिकर्ता संघ नेपालले दिएको शुभकामना सन्देशः
शुभकामना !
राईनिसी मिडिया एण्ड रिसर्च सेन्टरले २०७८ बैशाख ३१ गते देखि सञ्चालन गरेको बीमा पोष्ट डट कम (beemapost.com) अनलाईन सञ्चार माध्यम २०८३ बैशाख ३१ गते बाट पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेशको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नेपाल तथा नेपाल बाहिर बीमा तथा वित्तीय बजारलाई सकारात्मक सन्देश दिन सफल रहदै आम नागररिकहरुलाई बीमा तथा आर्थिक क्षेत्रको सन्देश दिन अझै अग्रणी भूमिका निर्वाह गर्दै आम जनमानसको अपार माया र विश्वास कायम राखी अगाडी बढी रहेको हेर्न र सुन्न पाउने अभिलासा राख्ना पाउँदा मलाई खुसी लागेको छ ।
यस बीमा पोष्टले समसामयिक समाचारहरु प्रसारण गर्नुका साथै बीमा बजार व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वासनीय बनाउन खेल्नु भएको भूमिका सराहनिय रहेको छ । आगामी दिनहरुमा यसको पहुँचलाई थप उचाईमा पुराउनका लागि देश तथा विदेश भर सक्रिय रुपमा कार्यरत रही निरन्तरताका लागि थप योगदान पुगोस् भनी यस शुभअवसरमा पुनः पूर्ण सफलताको साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
अध्यक्ष
ओम बहादुर खत्री












