१० लाख वृक्षारोपण अभियानमा कुमारी बैंकको साथ, चार जिल्लामा १,८०० बिरुवा रोपण

१४ असार २०८३, आईतवार १५:२७

काठमाडौँ । वातावरण संरक्षण र दिगो विकासका लागि कुमारी बैंक लिमिटेड र लुम्बिनी वर्ल्ड पिस फोरमको संयुक्त साझेदारीमा सर्लाही जिल्ला (मधेस प्रदेश) को हरिवन नगरपालिका वडा नं. ८ स्थित चापनी क्षेत्रमा एक विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय माटो र वातावरण सुहाउँदो २५० वटा आँप र २५० वटा कटहर गरी कुल ५०० वटा फलफूलका बिरुवाहरू रोपिएका छन्।

लुम्बिनी वर्ल्ड पिस फोरमद्वारा सञ्चालित बृहत् “१० लाख वृक्षारोपण तथा संरक्षण अभियान” अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। गत जुन ५ तारिखका दिन विश्व वातावरण दिवसको अवसर पारेर इलाम जिल्ला (कोशी प्रदेश) बाट सुरुवात गरिएको यस अभियानमा कुमारी बैंक लिमिटेडले सहकार्य गर्दै आएको छ। यस साझेदारी अन्तर्गत हालसम्म इलाम (कोशी प्रदेश), बर्दिया (लुम्बिनी प्रदेश), लमजुङ (गण्डकी प्रदेश) र आज सर्लाही (मधेस प्रदेश) गरी चारवटै जिल्लाहरूमा कुल १,८०० वटा बिरुवाहरू रोपिसकिएका छन्।

सर्लाहीको हरिवनमा आज आयोजित यस  वृक्षारोपण कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी,  हरिवन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रज्वल ढुङ्गाना, लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक एवं “१० लाख वृक्षारोपण तथा संरक्षण अभियान” का संयोजक बासु गौतम लगायतको विशेष उपस्थिति रहेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*