रसुवागढी हाइड्रोपावर क्षतिग्रस्त, अधिकांश कर्मचारी बेपत्ता

११ भाद्र २०८३, बिहीबार १०:०७

काठमाडौं । रसुवाको भोटेकाशी नदीमा आएको भीषण बाढीका कारण गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ।

१११ मेटावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा भदौ १० गते बुधबार आएको बाढीका कारण आयोजनाको बाँधस्थल, आवासगृह तथा जलविद्युत केन्द्रका अधिकांश संरचनाहरूमा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ।

साथै जलविद्युत केन्द्रमा कार्यरत अधिकांश कर्मचारीहरूको अवस्था समेत अज्ञात रहेको र सो काबु बाहिरको अकल्पनीय परिस्थितका कारण हालका लागि जलविद्युत केन्द्रबाट विद्युत उत्पादन समेत पूर्णरूपमा बन्द भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*