रसुवाको बाढीपछि लुम्बिनी विकास बैंकका कर्मचारी रूपेश श्रेष्ठ वेपत्ता
११ भाद्र २०८३, बिहीबार १५:२८

काठमाडौँ । रसुवा जिल्लाको टिमुरे आसपासमा भदौ १० गते बिहान आएको ठूलो बाढीपछि लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखामा कार्यरत कर्मचारी रूपेश श्रेष्ठ सम्पर्कविहीन भएका छन्।
श्रेष्ठ कार्यालयमा बिदा लिएर बसेको अवस्थामा श्रीशुलीबाट बेत्रावती जाने क्रममा सम्पर्कविहीन भएको परिवारजनले बैंकलाई जानकारी गराएको छ। बाढीका कारण उनी हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको बैंकले जनाएको छ।
बैंकले श्रेष्ठलाई कसैले देखेमा तत्काल बट्टार शाखा वा उनका परिवारजनलाई जानकारी गराइदिन अनुरोध गरेको छ। साथै बैंकले श्रेष्ठको सकुशल उद्धार तथा सुरक्षित अवस्थाको कामना गरेको छ।
श्रेष्ठका दाजु दिपेश श्रेष्ठको सम्पर्क नम्बर ९८६५०५३५२५ रहेको छ भने बट्टार शाखा प्रमुख अजय आचार्यको सम्पर्क नम्बर ९८५११४६०५३ रहेको बैंकले जनाएको छ।









