विपद्को घडीमा एशियन लाइफको साथ, राहत कोषमा १ करोड १ लाख सहयोग
११ भाद्र २०८३, बिहीबार १७:२५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गर्ने जनाएको हो । बाढीका कारण विस्थापित परिवारलाई राहत उपलब्ध गराउन, प्रभावितको पुनःस्थापना गर्न तथा घाइतेको उद्धार र उपचारमा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले राहत कोषमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
विपद्को यस दुःखद् घडीमा एशियन लाइफ इन्स्योरेन्सले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकमा रहनुभएका सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।









