सुयोग्य सहकारीले प्रकोप उद्धार कोषमा एक लाख पठाउदा भुलवस १० लाख रुपैयाँ ट्रान्सफर, फिर्ता गर्न आग्रह

११ भाद्र २०८३, बिहीबार १८:०५

काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि योगदान गर्ने क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भुलवस बढी रकम जम्मा भएको भन्दै फिर्ता गरिदिन आग्रह गरेको छ।

संस्थाले कोषमा रु। १ लाख १ हजार १ रुपैयाँ योगदान गर्ने निर्णय गरेको थियो। सोहीअनुसार ग्लोबल आइएमई बैंक लिमिटेडको खाता नम्बर ०३६०१०१००००२४८ बाट कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने क्रममा भुलवस रु। १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर भएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार ट्रान्सफर हुनुपर्ने रकमभन्दा बढी गएको रु। ९ लाख फिर्ता गरिदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषसमक्ष अनुरोध गरिएको हो।

संस्थाले आफूले योगदान गर्ने वास्तविक रकम रु। १ लाख १ हजार १ रुपैयाँ भने छुट्टै ट्रान्सफर गर्ने जनाएको छ। रकम ट्रान्सफर भएको विवरणसमेत निवेदनसँगै संलग्न गरिएको संस्थाले जनाएको छ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेका बेला सुयोग्य बचत तथा ऋण सहकारीले पनि राहत कोषमा योगदान गर्ने निर्णय गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*