बाढीपीडितको राहतका लागि मेटलाइफ नेपालद्वारा ३० लाख सहयोग

११ भाद्र २०८३, बिहीबार १८:१९

काठमाडौँ । मेटलाइफ नेपालले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ योगदान गरेको छ ।

रसुवा, नुवाकोट र धादिङलगायत विभिन्न जिल्लामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै समुदायहरू विस्थापित भएका छन् । बाढीका कारण भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्य जारी छन् ।

जिम्मेवार संस्थागत नागरिकका रूपमा मेटलाइफ नेपालले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउन निरन्तर खटिरहेका नेपाल सरकार, उद्धारकर्मी, मानवीय सहायता प्रदान गर्ने संस्था तथा सम्पूर्ण सहयोगीप्रति ऐक्यबद्धता जनाएको छ ।

मेटलाइफ नेपालले विपद्को समयमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले पुर्‍याइरहेको निरन्तर सहयोग र प्रयासको सम्मान गर्दै सामूहिक प्रयासमार्फत प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा राहत र पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन आफ्नो योगदान रहने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*