सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
२१ भाद्र २०८३, आईतवार १०:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ३०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य प्रति १० ग्राम दुई लाख ६० हजार ८९० रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्यमा पनि तोलामा ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।









