रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

२२ भाद्र २०८३, सोमबार ११:१३

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।

टेलिफोन संवादका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । प्राकृतिक विपत्तिको यस कठिन घडीमा अमेरिका नेपालको साथमा रहेको उनले बताएका छन् ।

जवाफमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा नेपाल सरकारले उपलब्ध सबै स्रोत र साधन परिचालन गरी खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइरहेको जानकारी गराएका छन् । उनले नेपाली नागरिकका साथै नेपालमा रहेका विदेशी नागरिकहरूको जीउधनको सुरक्षाका लागि समेत सरकार उत्तिकै प्रतिबद्ध रहेकोमा विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेका छन् ।

वार्ताका क्रममा लामिछानेले कठिन समयमा अमेरिकी सरकारले पुर्‍याएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गरेका छन् । प्रत्युत्तरमा विदेशमन्त्री रुबियोले नेपाललाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउन अमेरिका सदैव तयार रहेको बताएका छन् ।

रास्वपाका अनुसार भदौ १० गते रसुवामा आएको बाढीपछि ६७ जना अमेरिकी नागरिक बेपत्ता रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*