भोटेकोशी बाढीको क्षतिमा खुसी व्यक्त गर्दै पीडितलाई अपमान गर्ने एकजना पक्राउ

२२ भाद्र २०८३, सोमबार १२:०५

काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीप्रति खुसी व्यक्त गर्दै बाढी पीडितलाई अपमान गरी भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ७ स्थायी वतन भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्बुमा बस्ने २४ वर्षका बिरेन्द्र मडै रहेका छन्।

उनलाई भदौ १० गते आएको बाढीबाट भएको जनधनको क्षतिको सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा प्रशारण गरेको आरोपमा पक्राउ गरिएको हो।

साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान गरी उनलाई भदौ २० गते पक्राउ गरेको हो। पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*