रसुवाका बाढीपहिरो पीडितलाई राष्ट्रिय बीमा कम्पनीको २५ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो। विपद्का कारण प्रभावित नागरिक तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउने र पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त सहयोग गरेको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा आफ्नो तर्फबाट योगदान पुर्याउनु सामाजिक दायित्वप्रतिको प्रतिबद्धता भएको कम्पनीले जनाएको छ।









