भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३५७ नाघ्यो, ५ हजार ३२६ जना बेपत्ता
२३ भाद्र २०८३, मंगलवार १४:४२

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ३५७ नाघेको छ।
आज भदौ २३ गते अपरान्ह १ बजेसम्मको अद्यावधिक विवरण अनुसार १ हजार ३५७ जना शव (मानव अंग सहित) फेला परेको हो। त्यस्तै ५ हजार ३२६ जना हालसम्म बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी हालसम्म १३ हजार ५८३ जनाको उद्धार भएको छ भने ६ हजार ८२७ जना घाइतेको उपचार भएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २१ हजार ४०२ जना सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा परिचालित छन्।









