जेनजी सहिद दिवसलाई अमेरिकी मान्यता

काठमाडौं । नेपालमा पहिलोपटक मनाइएको जेनजी सहिद दिवसलाई नेपालस्थित अमेरिकी दूतावासले समेत औपचारिक रूपमा सम्मान गरेको छ । दूतावासले जेनजी सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवङ्गत व्यक्तिहरूको स्मरण गर्नुका साथै नेपालको युवापुस्ताले देखेको समृद्ध र आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गरेको हो ।
दूतावासले जारी गरेको सन्देशमा जेनजी सहिद दिवसलाई दिवङ्गत व्यक्तिहरूको सम्झना गर्ने र नेपालको युवाहरूको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा चित्रण गरिएको छ । यससँगै अमेरिकी दूतावासले जेनजी सहिद दिवसप्रति आफ्नो सम्मान र ऐक्यबद्धता सार्वजनिक गरेको छ ।
दूतावासले जेनजी सहिद दिवसको सन्देशमा नेपाल हालैको विनाशकारी बाढीको पीडामा रहेका बेला यो स्मृति दिवस आएको पनि उल्लेख गरेको छ । बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भइरहेका बेला विश्वभरका विभिन्न समुदाय नेपालसँगै शोकमा रहेको दूतावासले जनाएको छ ।









