बालेनले तीनवटै सुरक्षा निकायका प्रमुखसँग लिँदैछन् विस्तृत ब्रिफिङ

२४ भाद्र २०८३, बुधबार १२:५०

काठमाडौँ । वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले शाहले यो छलफल सुरु गरेका हुन् ।

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल छन् ।

​प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*