रसुवा बाढीको आर्थिक असर अध्ययन गर्न उपसमिति गठन

२४ भाद्र २०८३, बुधबार १३:२९

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन र विश्लेषण गर्ने भएको छ ।

अध्ययनका लागि सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिका सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहेका छन् ।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन तथा विश्लेषण गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*