पुनर्बीमा ब्रोकरसम्बन्धी निर्देशिका संशोधन गर्न बीमा प्राधिकरणले माग्यो सुझाव

२५ आश्विन २०८३, आईतवार १०:२५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८’ संशोधन तथा अद्यावधिक गर्ने तयारी गरेको छ। प्राधिकरणले निर्देशिकामा आवश्यक सुधार, संशोधन तथा थपघट गर्नुपर्ने विषयमा सरोकारवालासँग सुझाव मागेको हो।

प्राधिकरणले वर्तमान कानुन, नीतिगत व्यवस्था तथा व्यावसायिक परिवेशअनुसार निर्देशिकालाई अद्यावधिक गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबाट राय तथा सुझाव माग गरेको जनाएको छ।

निर्देशिकामा गर्नुपर्ने आवश्यक सुधार, संशोधन तथा थपघटसम्बन्धी प्रस्ताव सात कार्यदिनभित्र प्राधिकरणको इमेल ठेगाना [email protected] मा पठाउन अनुरोध गरिएको छ।

प्राधिकरणले सरोकारवालाबाट प्राप्त सुझावका आधारमा निर्देशिकालाई समयानुकूल र व्यावसायिक आवश्यकताअनुरूप परिमार्जन गर्ने प्रक्रिया अघि बढाउन लागेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*