रिलायबल नेपाल लाइफद्वारा पसलमै पुगेर बीमितलाई पोलिसी हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हात्तीसुँडे शाखाले ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले पसलमै पुगेर जीवन बीमा पोलिसी हस्तान्तरण गरेको छ।
असोज २५ गते शाखाका प्रबन्धक नवीन खड्काले मकवानपुरको बकैया गाउँपालिका–३ निवासी बिपना महर्जनको पसलमै पुगेर उनलाई जीवन बीमा पोलिसी हस्तान्तरण गरेका हुन्।
ग्राहकलाई सहज, सरल र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यस कार्यले ग्राहक सेवाप्रतिको प्रतिबद्धता झल्काएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार जीवन बीमाले भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम व्यवस्थापन गर्न सहयोग गर्नुका साथै परिवारको आर्थिक सुरक्षामा समेत महत्त्वपूर्ण भूमिका खेल्छ। जीवन बीमालाई परिवारप्रतिको जिम्मेवारी र सुरक्षित भविष्य निर्माणको माध्यमका रूपमा प्रवद्र्धन गर्दै आएको कम्पनीले जनाएको छ।











