साना किसान विकास लघुवित्तको ५ वर्ष पुरानो लाभांश लिन आग्रह

२८ आश्विन २०८३, बुधबार ०७:५०

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीलाई रकम लिन आग्रह गरेको छ। संस्थाले विभिन्न वार्षिक साधारणसभाबाट पारित लाभांश वितरण गरे पनि केही शेयरधनीले हालसम्म रकम नबुझेको भन्दै यस्तो आग्रह गरेको हो।

संस्थाका अनुसार लाभांश लिन बाँकी शेयरधनीले शेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा सम्पर्क गरी रकम बुझ्न सक्नेछन्। साथै शेयर प्रमाणपत्र अझै डिम्याट नगरेका शेयरधनीले आफ्नो डिम्याट खाता सञ्चालन भएको निक्षेप सदस्यको कार्यालयमा सम्पर्क गरी शेयर अभौतिकीकरण गर्नुपर्नेछ। बैंक खाता अद्यावधिक नभएका शेयरधनीले हितग्राही खातामा बैंक विवरण अद्यावधिक गर्न पनि संस्थाले अनुरोध गरेको छ।

त्यस्तै धितोपत्र रोक्का रहेका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त फुकुवापत्र वा अनापत्ति पत्र (नो अब्जेक्सन लेटर) शेयर रजिस्ट्रारमा बुझाउनुपर्नेछ। पाँच वर्षको अवधि पूरा भइसकेको नगद लाभांश कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) तथा दफा १८३ को उपदफा (१) अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*