स्वाभिमान लघुवित्तका शेयरधनीको हात रित्तो, लाभांश नदिने

२८ आश्विन २०८३, बुधबार ०९:२३

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो।

संस्थाको सञ्चालक समितिको असोज २८ गते बुधबार बिहान बसेको १२६औँ बैठकले असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू स्वीकृत गरेको छ। सोही बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णयसमेत गरेको हो।

संस्थाले स्वीकृत वार्षिक वित्तीय विवरणहरू साधारणसभाका लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेस गर्ने जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वित्तीय विवरण प्रकाशन गरिनेछ भने ती विवरण आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*