रिलायबल भेन्चर क्यापिटलको ८० हजार कित्ता शेयर १२६ रुपैयाँमै किन्ने मौका

११ कार्तिक २०८३, बुधबार ०८:१८

काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडले ८० हजार ५०० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १२६ रुपैयाँ १ पैसाका दरले शेयर बिक्री गर्न लागेको हो।

कम्पनीका अनुसार संस्थापक शेयरधनीबाट प्राप्त निवेदनका आधारमा प्रक्रियागत बिक्री गर्दा बाँकी रहेको शेयर सर्वसाधारण संस्थापक शेयरधनी तथा इच्छुक संस्थागत लगानीकर्ताका लागि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् २०८३ मंसिर १५ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ। आवेदन फाराम कम्पनीबाट प्रतिफाराम १०० रुपैयाँ तिरेर खरिद गर्न सकिनेछ।

लगानीकर्ताले आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रतिकित्ता प्रस्तावित मूल्य स्पष्ट खुलाएर गोप्य शिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ। यस प्रक्रियामा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम ८० हजार ५०० कित्तासम्म शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*