नबिल बैंकद्वारा ४ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति माग, ५.५% ब्याज दिने प्रस्ताव

११ कार्तिक २०८३, बुधबार ०८:४७

काठमाडौं । नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले ऋणपत्र जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

बैंकले असोज २८ गते दिएको आवेदनअनुसार प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने प्रस्ताव गरिएको छ। उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ भने लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन्।

प्रस्तावित ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको हिस्सा निजी तवरबाट बिक्री गरिनेछ। त्यस्तै, बाँकी १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यसको कुल मूल्य १ अर्ब ६० करोड रुपैयाँ बराबर हुनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि बैंकले ऋणपत्र निष्कासन प्रक्रिया अघि बढाउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*