घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
१३ कार्तिक २०८३, शुक्रबार १०:५३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा तीन हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला तीन हजार ८२५ रुपैयाँ कायम भएको छ।











