सन नेपाल लाइफमा संस्थापकको शेयर हिस्सा घटाइने

१३ कार्तिक २०८३, शुक्रबार ०९:४८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण शेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ। कम्पनीले संस्थापकको स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्‍याउन लागेको हो।

कम्पनीको सञ्चालक समितिको २०८३ कात्तिक १२ गते बसेको १६९औँ बैठकले शेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो।

प्रस्तावअनुसार कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत कायम हुनेछ। यसका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्नेछ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको ‘बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७’ को दफा ५ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वामित्व परिवर्तन गर्ने जनाएको छ। प्रस्तावित व्यवस्था लागू गर्न नियामक निकायको स्वीकृति पश्चात् आगामी वार्षिक साधारणसभामा पारितका लागि लैजाने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*