ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै

काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव दोस्रो वार्षिक साधारणसभामा लैजाने भएको छ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार दोस्रो वार्षिक साधारणसभा आगामी मंसिर ६ गते आइतबार बिहान ११ बजे पोखरास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ। त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभाको विशेष प्रस्तावअन्तर्गत आईपीओ जारी गर्ने विषयमा छलफल हुनेछ। आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने निर्देशन आएमा आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत राखिएको छ।











