वैदेशिक रोजगारीमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका

१६ कार्तिक २०८३, सोमबार ०७:३३

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय आज सोमबार बैंकिङ समयपछि समाप्त हुने भएको छ ।

कम्पनीले कात्तिक ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो । मागभन्दा बढी आवेदन प्राप्त भएपछि कम्पनीले आजै आवेदन प्रक्रिया बन्द गर्न लागेको हो ।

कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरका ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसमध्ये जारी पुँजीको २५ प्रतिशत अर्थात् ४२ करोड २५ लाख रुपैयाँ बराबरका ४२ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिने व्यवस्था छ ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरिएको सेयरमा आवेदन दिन इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपालीले आज बैंकिङ समयभित्र आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*