एक महिनाभित्र एनसेलको थ्रीजी सेवा पूर्ण बन्द हुँदै

काठमाडौं । एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने तयारीलाई तीव्रता दिएको छ । कम्पनीले सञ्चालनमा रहेका कुल थ्रीजी साइटमध्ये बाँकी ६८ प्रतिशत साइट पनि आगामी एक महिनाभित्र बन्द गर्ने योजना बनाएको हो ।
एनसेलका अनुसार देशभर रहेका ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन् । अब २ हजार १३७ वटा साइट बन्द गर्न बाँकी छन् । कम्पनीले यी साइटमा सञ्चालित थ्रीजी सेवा चार चरणमा बन्द गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिकाअनुसार पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछन् । दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका साइट बन्द हुनेछन् ।
त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी स्थानसँगै चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ ।











