पूर्व मुख्य सचिव एकनारायण अर्याल कोलकाताबाट पक्राउ

काठमाडौं । सरकारले पूर्व मुख्य सचिव एक नारायण अर्याललाई कोलकाताबाट पक्राउ गरेको छ । नेपालबाट मलेसिया जाने कामदारको बायोमेट्रिक गरे बापतको पैसा पठाउने कार्यमा सहयोग गरेको आरोपमा पूर्व मुख्य सचिव अर्याललाई पक्राउ गरिएको हो ।
सरकारले यसअघिका सरकारको पालामा नेपाल सरकार मलेसिया सरकारका बीचमा भएको सम्झौता विपरित नेपालबाट बायोमेट्रिकको पैसा पठाउने कार्यमा संलग्न भएको आरोपमा पूर्व मुख्य सचिव अर्यालका विरुद्धमा पक्राउ पुर्जी जारी गरेरै नियन्त्रणमा लिएको हो । सो घटना सरकारले कृतिम रुपमा खडा गरी राज्यको शक्ति दुरुपयोग गरेर पक्राउ र धरपकड अभियान तीव्र पारेर अहिलेको राजनीतिक नेतृत्वमा रहेका व्यक्तिलाई धम्की दिन खोजिरहेको छ ।
जेनजी आन्दोलनको बेला तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई लखेट्न र सुदन गुरुङको टिमलाई सहयोग गरेका अर्याललाई आज कोलकोताबाट पक्राउ गरिएको हो ।











