बालेनको भारत भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

४ मंसिर २०८३, शुक्रबार १३:३२

काठमाडौं । बालेन्द्र शाह (बालेन) को भारत भ्रमण आज बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ ।

आज शुक्रबार बिहान ११ बजे बसेको मन्त्रिपरिषदको बैठकले ‘२०८३ मंसिर ६ र ७ गते प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने’ निर्णय गरेको हो।

बालेन पर्सी आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको भ्रमणमा जानेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार लगायतको सहभागिता रहनेछ।

भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि सहभागी हुने भएको छ। उनीहरु भने आफ्नै खर्चमा भारत जान लागेका हुन्। भारत भ्रमणका क्रममा मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६ बजेर ३५ मिनेटमा स्वदेश फर्कने तयारी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*