बालेनको भारत भ्रमणमा ५२ उद्योगी-व्यवसायी सहभागी हुँदै, आफ्नै खर्चमा जाने सूचीमा को–को ?

काठमाडौं । वालेन्द्र शाहको भारत भ्रमणमा नेपालको निजी क्षेत्रबाट ५२ जना उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन् । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमणसम्बन्धी विवरणअनुसार प्रधानमन्त्रीको औपचारिक भ्रमण टोलीमा ३४ जना रहनेछन् भने निजी क्षेत्रका ५२ प्रतिनिधि आफ्नै खर्चमा भारत जान लागेका हुन् ।
परराष्ट्र सचिव अमृत राईका अनुसार भारत भ्रमणमा नेपालका प्रमुख व्यावसायिक संस्थाका नेतृत्वदेखि विभिन्न क्षेत्रका उद्यमी तथा व्यवसायीको सहभागिता रहनेछ । टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा तथा महासंघका वर्तमान पदाधिकारी र कार्यसमिति सदस्यहरू सहभागी हुनेछन् । त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी पनि भ्रमण टोलीमा समेटिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार माल्होत्रासहित नेपाल उद्योग व्यापार महासंघ, नेपाल–भारत चेम्बर अफ कमर्स तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरू पनि भारत जाने सूचीमा छन् । ऊर्जा, पर्यटन, अटोमोबाइल, होटल, उद्योग तथा व्यापार क्षेत्रमा क्रियाशील व्यवसायीहरूको समेत सहभागिता रहनेछ । भ्रमणमा सहभागी हुने सबै व्यवसायीले आफ्नो भ्रमण खर्च आफैँ व्यहोर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ र पूर्वअध्यक्ष भवानी राणासँगै उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्य सुनीता नेह्माफुकी, बटु लामिछाने, उद्योग समिति सभापतिसमेत रहेका कार्यसमिति सदस्य उज्ज्वल श्रेष्ठ, कार्यसमिति सदस्य सागर ढकाल र व्यापार समिति सदस्य निरज काफ्ले भ्रमणमा सहभागी हुनेछन् । नेपाल वैदेशिक व्यापार संघका अध्यक्ष शिवकुमार अग्रवाल पनि टोलीमा रहनेछन् ।
नेपाल उद्योग परिसंघको प्रतिनिधित्व गर्दै अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी भारत जानेछन् । त्यस्तै, उद्योगी तथा व्यवसायी राजबहादुर शाह पनि भ्रमण टोलीमा छन् । नेपाल चेम्बर अफ कमर्सबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार माल्होत्रा सहभागी हुनेछन् भने नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुली पनि टोलीमा समावेश छन् ।
सूचीमा उद्योगी तथा व्यवसायी कुनाल कयाल, सुनील केसी र नेपाल अटोमोबाइल क्षेत्रका पूर्वप्रतिनिधि करण चौधरीको नाम पनि छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी र पूर्वअध्यक्ष गणेश कार्कीसमेत भारत भ्रमणमा जानेछन् । यसैगरी, पुष्कर पौडेल, पशुपति देव पाण्डे, अर्जुनकुमार श्रेष्ठ, शोभा गुरुङ, गोविन्दप्रसाद घिमिरे, सरोज श्रेष्ठ र रवीन्द्र शाक्य पनि टोलीमा सहभागी हुनेछन् ।
अन्य सहभागीमा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डे, सागर पाण्डे, विभूषण बिष्ट, दर्शना श्रेष्ठ, दिकिला शेर्पा लामा र बलराम गुरुङ रहेका छन् ।
त्यस्तै, उद्यमीहरू सचिन ढकाल, नितेश मालपानी, कल्याण गुरुङ, तुकप्रसाद पौडेल, जीवा लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलीप अग्रवाल, सञ्जय काफ्ले र दीपक थापा पनि भ्रमण टोलीमा रहनेछन् । निकोलस पाण्डे र राजनकुमार वनको नामसमेत ५२ सदस्यीय व्यवसायी टोलीको सूचीमा समावेश छ ।











