जनउत्थान लघुवित्तको सीईओमा कुलमणि तिम्सिना नियुक्त
४ मंसिर २०८३, शुक्रबार १५:५०

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कुलमणि तिम्सिना नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको मंसिर ३ गते बसेको २४९औँ बैठकले तिम्सिनालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार उनको नियुक्ति आगामी मंसिर १६ गतेदेखि लागू हुनेछ । तिम्सिनालाई चार वर्षका लागि करार सेवामा नियुक्त गरिएको हो ।











