नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

४ मंसिर २०८३, शुक्रबार १७:५२

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड शनिबार (मंसिर ५) देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको हो ।

प्रशासनका अनुसार नागढुंगा–मुग्लिन सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको छ । पहिरोका कारण थप जोखिम निम्तिन सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न सडक बन्द गरेर जोखिमयुक्त ढुंगा तथा माटो हटाउने निर्णय गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गरी जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*