नेपाल लाइफको बाँकेस्थित शाखा कार्यालय रहेको भवनमा आगलागी, सामान्य क्षति

५ मंसिर २०८३, शनिबार १३:३७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रहेको बाँकेस्थित भवनमा हिजो साँझ आगोलागी हुँदा क्षति पुगेको छ ।

नेपालगञ्जको सुर्खेत रोडस्थित पुष्पलाल चोक नजिकै रहेको व्यापारी हरि प्रसाईको घरमा भुईतल्लामा रहेको पसलबाट सल्केको आगोले सो भवन र भवनमा रहेका कार्यालयहरुमा क्षति पुगेको छ । साँझ करिब ८ बजेतिर आगो लागी भएको र कार्यालयमा क्षति पुगेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यालय रहेको भवनको भुईतल्लामा गाडीको पाट्र्स पसल र फ्रेम बनाउने पसलहरु थिए । तिनै मध्ये कुनैबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*