भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

७ मंसिर २०८३, सोमबार १०:४७

काठमाडौँ ।  नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। दुईदिने राजकीय भ्रमणका क्रममा भारत पुगेका प्रधानमन्त्री शाहलाई भारत सरकारले औपचारिक सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहलाई उक्त सम्मान प्रदान गरिएको थियो।

‘गार्ड अफ अनर’ राजकीय भ्रमणमा रहेका विशिष्ट विदेशी पाहुनालाई प्रदान गरिने विशेष सम्मान हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*