स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले पनि किन्न पाउने

१० मंसिर २०८३, बिहीबार ०९:४०

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। संस्थाले संस्थापक शेयरधनी सुचित्रा पन्त शाहको स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो।

संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने कानुनी व्यवस्थाअनुसार संस्थाले यसअघि ३५ दिनको समय दिएर शेयर खरिदका लागि सूचना जारी गरेको थियो। तर, उक्त अवधिमा संस्थापक शेयरधनीहरूबाट खरिदका लागि कुनै आवेदन नपरेपछि संस्थाले सर्वसाधारणका लागि समेत सेयर बिक्री खुला गरेको हो।

संस्थाले शेयर खरिद गर्न इच्छुक सर्वसाधारणलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी लिखित आवेदन पेस गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*