रविले भेटेलगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगे बालेन्द्र शाह

११ मंसिर २०८३, शुक्रबार १५:३१

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका हुन् ।

भेटमा थप अध्यादेश सिफारिस गर्ने तथा राष्ट्रपतिबाट जारी हुन बाँकी रहेका अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*