जागिर लगाईदिने भन्दै घुस लिएको आरोपमा प्रधानाध्यापक उपाध्यायविरुद्ध मुद्दा दायर

२१ आश्विन २०८०, आईतवार १६:४२

काठमाडौं । अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले गत भदौ २६ गते सेवाग्राहीबाट १४ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उपाध्यायलाई प्रक्राउ गरेको थियो । पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा उपाध्यायले सेवाग्राहीलाई जागीरमा बहाल गराउने भन्दै उक्त घुस लिएको खुल्न आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

उनलाई घुस रकम बरारबको विगो कायम गरी आईतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*