अस्पताल निर्माणको लागि नेको इन्स्योरेन्सले गर्यो ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । देशको निर्जीवन बीमा बजारमा विगत २७ बर्षदेखि सेवा पु–याईरहेको नेको इन्स्योरेन्स लिमिटेडले ब्यवसाय विस्तार सँगसँगै आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ ।
यसै सिलसिलामा कम्पनीले गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताल (सामुदायिक अस्पताल) लाई ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त अस्पतालको भौतिक संरचना निर्माणको लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
उक्त अस्पतालमा आयोजित एक समारोहमा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराईले बन्दीपुर अस्पताल एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरका कम्पनीका संचालक प्रेम कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का समेतको उपस्थिति थियो ।












