नयाँ शहर आयोजनामा ४ जनालाई सरकारी जागिर खुल्यो

२२ आश्विन २०८०, सोमबार ११:२२

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले चार पदमा जागिर खोलेको छ ।

आयोजनाले करार सेवामा पदपूर्ति गर्ने गरेर आर्किटेक्ट प्लानर इन्जिनियर, सिभिलद स्ट्रक्चर इन्जिनियर, नापी अधिकृत र समाज शास्त्री पदमा राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी माग गरेको हो ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार ७ दिनभित्र आवेदन दिन सकिने भनिएको छ । यो अवसर लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनका आधारमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा परेका उम्मेदवारले समेत पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*