शुभकार्य कृषि सहकारी संस्थाको ७ औं वार्षिक साधारणसभा सम्पन्न, खुद नाफा १८ लाख ८ हजार

काठमाडौं। मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित सिरहा जिल्लाको शुभकार्य कृषि सहकारी संस्थाको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुलाई लक्षित गरेर संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका रामरत्न यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादवसँगै संस्थाका अध्यक्ष रामरत्न यादवले पानसमा बत्ती बालेर गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन मेयर यादवले केही संस्थाहरुले आमजनताहरुलाई ऋण दिएर मिटर ब्याजको रुपमा ब्याज लिरहेकाले त्यस्ता सहकारी संस्थाहरुलाई मिर्चैया नगरपालिकाले कारवाही गर्न पछी नहट्ने बताए । नेपाल सरकारको नियम अनुसार मात्र ब्याज लिनुपर्ने अवस्थामा केही सहकारी संस्थाहरु मनोमानी तवरले ब्याज लिएर जनता मार्ने काम गरेकाले यस्ता हर्कत स्वीकार्य नहुने र नगरपालिका भित्र रहेका अबैध सहकारी संस्थाहरुलाई कारवाहीको प्रकृया अघि बढाउने उनले दाबी गर्दै अब आउने नयाँ निर्वाचित पदाधिकारीहरुलाई बधाई समेत दिए ।
संस्थाका अध्यक्ष रामरत्न यादवलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिका लागि संस्था क्रियाशिल रहेको बताए । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई एकिकृत गरी सदस्यहरुमाझ परिचालन गरी उनीहरुको जीवनस्तर परिवर्तनमा संस्थाले काम गर्दै आएको उनले जनाए ।
सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर संस्थाले वित्तीय कारोवार गर्दै आएको भन्दै अध्यक्ष यादवले वित्तीय संकटका बीचमा पनि तरलता व्यवस्थापन गरी सदस्यहरुको बचत फिर्ता गर्न संस्था सफल भएको सो अवसरमा जानकारी दिए ।
संस्थाले तरलता व्यवस्थालाई विशेष ध्यान दिएको,भाखा नाघेको ऋणलाई अनिर्वाय रुपमा जोखिम व्यवस्थापन गरेको, सहकारी शिक्षालाई निरन्तरता दिएको,उत्पादनमुलक क्षेत्रमा ऋण लगानीलाई प्राथमिककतामा राखेको र पल्र्स मापदण्ड अनुसार संस्था सञ्चालन गरेको उनको भनाई छ ।
संस्थाका अध्यक्ष यादवले यस संस्थालाई नमुना बनाउनका लागि विभिन्न कार्यहरुको सुरुवात गर्दै यस संस्थामा शेयरधनीहरुको सहभागितामा जोड दिएकोले आज यो संस्था यस अवस्थामा पुग्न सफल भएको जानकारी दिए । यो संस्थालाई अगाडि बढाउनका लागि विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोग गर्दै आएकाले सबैजना धन्यवादको पात्र भएको जानकारी दिए ।
सामान्य पुँजीबाट शुरु भएको संस्थाले ७ बर्षको अबधिमा १२ करोड ६७लाख ८४ हजार ३ सय ८९ रूपैयाँ ऋण लगानी गरिसकेको र हाल संस्थामा १ हजार ७ सय २४ सेयर सदस्य आबद्ध गरेको अध्यक्ष रामरत्न यादवले बताए । उनले संस्थाको तत्कालको करोबार १६ करोड ९७ लाख ९६ हजार २ सय ३७ रूपैयाँ रहेको र त्यसै गरि यो संस्थाले यस वर्षमा १८ लाख ८ हजार ६ सय ४२ रुपैया मुनाफा गरिसकेको बताए ।
सातौ साधारण सभाबाट नयाँ ७ जनाको संचालक समिति चयन गरिएको छ । कार्यसमितिको अध्यक्षमा भरत कुमार यादव, सचिवमा रामरतन यादव, कोषाध्यक्षमा रामकुमारी साह, सदस्यमा प्रमोद साह, रामसरण साह, रन्जीत यादव र संजय साहलाई गरेको छ ।
संस्थाका अध्यक्ष रामरत्न यादबको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव, बिशिष्ट अतिथिको रुपमा मिर्चैया नगरपालिकाका सहकारी शाखा प्रमुख धनञ्जय महतो, मिथला बचत बहुउद्देश्यीय सहकारीका अध्यक्ष लोकनाथ यादब,अतिथि ओम बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्र साह,शेयर धनिहरु जनकलाल साह,रामवावु महतो लगायत बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतका सहभागिता रहेको थियो ।












