आशा लघुवित्तको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य नाफा साढे १४ करोड हुँदा अन्य सूचक कस्ता ?

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाको मुनाफामा लोभलाग्दो सुधार देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले ६ करोड ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ लाख ४८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ८९.९६ प्रतिशतले बढेर ४४ करोड ११ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २३ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
यता संचालन नाफा ३३९.०२ प्रतिशतले बढेर ८ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ, जगेडा कोषमा २५ करोड ५७ लाख रुपैयाँ, वितरणयोग्य नाफा १४ करोड ५१ लाख रुपैयाँ र खराब कर्जा ४.८१ प्रतिशत रहेको छ ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ०.४ पैसाबाट बढेर ९ रुपैयाँ ३७ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १६२.४८ रुपैयाँ छ ।












