एनएमबि बैंकका एटिएम र डिजिटल बैंकिङ सेवा तीन दिन बन्द हुने
१ मंसिर २०८३, मंगलवार १७:५५

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कोर बैंकिङ्ग प्रणाली (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । उक्त कार्यका लागि बैंकले आगामी मंसिर ४ गते शुक्रबार राति ८ बजेदेखि मंसिर ६ गते आइतबार दिउँसो १ः३० बजेसम्म आफ्ना विभिन्न बैंकिङ्ग सेवाहरू अवरुद्ध गर्ने जनाएको छ ।
बैंकका अनुसार उक्त अवधिमा एटिएम कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम सेवा सञ्चालनमा रहने छैनन् । साथै, बैंकले सञ्चालन गर्दै आएका होलिडे काउन्टरहरू पनि मंसिर ४ र ६ गते बन्द रहनेछन् । सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।












