मानुषी र श्रृजनशील लघुवित्तको मर्जर प्रकृया तोडियो
९ भाद्र २०८१, आईतवार १०:४३

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त सँगको डिमर्ज प्रस्ताव पारित गरेको छ। मानुषीको भदौ ७ गतेको बिशेष साधारणसभाले सृजनशिलसँगको डिमर्ज प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो।
मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षनै सम्पूर्ण प्रकृया पुरा गरेपनि बिशेष कारणवश मर्जमा जान नसकिएको बारे बिशेष साधारणसभामा जानकारी गराइएको छ।
यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।












